साउथ सुपरस्टार विजयको घरमा छापा, यस्तो छ कारण

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ३ : ३२


एजेन्सी । साउथ सुपरस्टार विजय कर छलीको विवादमा मुछिएका छन्। आयकर विभागले उनको घरमा छापा मारी ६५ करोड रुपैयाँ जफत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आयकर विभागले छापा मारेपछि विजयी फिल्मको सुटिङ बीचैमा छोडेर घर फर्किएको समाचारमा जनाइएको छ। उनी अब आउने फिल्म मास्टरको छायांकनमा व्यस्त छन्। 

अभिनेता विजय र अर्का एक निर्माता र लगानीकर्ताको मदुरै र चेन्नईमा रहेका कार्यालय र घरमा विभागले छापा मारेको समाचारमा जनाइएको छ। विभागले विजयको घरबाट ६५ करोड रुपैयाँ जफत गरेको छ। 

विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो। यो रकम दुई अलग–अलग ठाउँबाट जफत गरिएको बताइएको छ ।

आयकर विभागको छापाका सम्बन्धमा विजयले एक विज्ञप्ति पनि जारी गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्,  ‘आयकर विभागले मेरो घर र कार्यालयमा कर छलीका सम्बन्धमा छापा मारेको छ। मेरा स्टाफ र परिवारको पूर्ण समर्थन छ। आयकर रिटर्नसँग जोडिएका सबै प्रमाण अधिकारीसमक्ष पेस गरिएको छ।’


प्रतिक्रिया दिनुहोस्