इमर्जिङ्ग टिम्स एसिया कप : नेपालले आज भारतसँग खेल्दै

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : ३२


काठमाडौं । एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

समूहको दोस्रो खेलमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।यो खेल हङकङको मङकङमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्