प्रस्तावित प्रधानन्यायाधीलाई आजै नियुक्तिका लागि सिफारिस गर्ने तयारी

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ८ : २६


काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले आज बिहान ८ बजे कार्ययोजना प्रस्तुतसहित सुनुवाइका लागि कार्कीलाई बोलाएको हो ।

संसद सचिवालयका अनुसार आज नै सुनुवाइ सकेर कार्कीलाई नियुक्तिको सिफारिस गर्ने समितिको तयारी छ । समितिले बुधबार कार्कीविरुद्ध उजुरी दिएका ७ जनासँग एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको थियो ।

संवैधानिक परिषद्‌बाट वैशाख २५ गते सिफारिस भएका कार्कीमाथि सुनवाइ समितिले जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

समितिको जेठ १६ गते आह्वान गरेअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए ।


प्रतिक्रिया दिनुहोस्