प्रतिनिधिसभा बैठक आज पनि बस्दै, मन्त्रालयगत छलफल हुने

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : २६


काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


प्रतिक्रिया दिनुहोस्