कुमार पौडेलको हत्या प्रकरणमा १० जना विरुद्ध किटानी जाहेरी

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  २ : १७


काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा संलग्न १० जना विरुद्ध किटानी जाहेरी परेको छ। 

मृतक कुमार पौडेलकी आमा दुर्गा देवी पौडेलले बिहिबार हत्याकाण्डमा संलग्न १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानि जाहेरी दिनु भएको हो। 

कुमारको मृत्यु प्रकरणमा गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनालमाथि समेत अनुसन्धानको गरिएको छ। 

गत असार ५ गते सर्लाहीमा प्रहरीले गोली हानी पौडेलको हत्या गरेको थियो। सर्लाहीमा भएको उक्त हत्यालाई सरकारले दोहोरो भिडन्त भनेको थियो। 

राष्ट्रिय मानव अधिकार आयोगले हत्या भएको निष्कर्ष सहित आदेश दिने र आदेश पालना गर्नेमाथि कारवाही अगाडी बढाउन सिफारिस गरेको थियो।

आयोगले दिएको कार्यान्वयनको म्याद सकिए पनि सरकारले वास्ता गरेको थिएन्। केहि दिनअघि मात्र उक्त सिफारिसबारे सरकार कार्यान्वयमा गर्न इच्छुक देखिएको हो। 

आयोगले घटनामा प्रत्यक्ष संलग्न र कमान्डर पनि रहेका एक प्रहरी निरीक्षक र दुई हबलदारलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

अन्य केही प्रहरीलाई सचेत गराउन भनेको आयोगले 'घटनामा प्रहरीलाई निर्देशन दिने सम्बन्धित निकायका पदाधिकारी तथा कर्मचारीहरू, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरूमाथि समेत अनुसन्धान गरी कारबाही गर्न' सिफारिस गरेको थियो।


प्रतिक्रिया दिनुहोस्