कांग्रेस सभापति देउवा पत्नी आरजुलाई लिएर सिंगापुर उडे, एक हप्तापछि फर्किने

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १२ : ५०


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मध्यराति सिंगापुर प्रस्थान गरेका छन् ।

गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनको सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन् ।

यस्तै उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन् । उनीहरु एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस्