विपरजोय चक्रवातले भारतमा ६ जनाको मृत्यु

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ३ : ५५


एजेन्सी । विपरजोय चक्रवातका कारण भारतको गुजरातमा ६ जनाको मृत्यु भएको छ ।

हिजोदेखि सुरु भएको विपरजोय आँधीका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हर सम्भव प्रयास गरिरहेको जनाएको छ ।

मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रय स्थलमा पठाएको थियो। विपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा अलर्ट जारी गरेका छन् ।

बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्