राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी, स्वास्थ्य अवस्था सामान्य

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ५९


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन् ।

मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।

अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्