नेपालमा कारोबारका लागि विच्याटलाई अनुमति

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  १२ : ०३


काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट कम्पनी विच्याटलाई नेपालमा कारोबार गर्न अनुमति दिएको छ । नेपालमा कारोबार गर्नको लागि एनएमबी बैंकले विच्याटलाई एक्वायर गरेको र नेपालमा विच्याटमार्फत् पेमेन्ट गर्न सकिने राष्ट्र बैंकले जनाएको हो।

चीनमा सबभन्दा बढी प्रयोग हुने डिजिटल पेमेन्ट सिस्टम विच्याट अब नेपालमा पनि शुरु हुनेछ । त्यसका लागि नेपालमा विच्याटबाट कारोबार गर्ने माध्याम एनएमबी बैंक भएको छ । 

एनएमबी बैंकका अनुसार आन्तरिक प्रक्रियाका कारणले कारोबार शु्ररु भइनसकेको र छिट्टै गर्ने जनाएको छ । बैंकले विशेषगरी चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर सुविधा दिनेछ।

बैंकले पहिलो चरणमा होटल तथा सपिङ मलमा भुक्तानी गर्दा विच्याटको सुविधा दिने जनाएको छ। 

योसँगै नेपालमा डिजिटल पेमेन्टको अनुमति पाउने पहिलो कम्पनी पनि बनेको छ। त्यसो त राष्ट्र बैंकले यसअघि नै विभिन्न कम्पनीहरूले नेपालमा डिजिटल पेमेन्ट कारोबार भइरहेको भन्दै सूचना निकालेर कारोबार नगर्न आग्रह गरेको थियो ।

अब भने नेपालमा डिजिटल पेमेन्टको लागि विच्याटले वैधानिक मान्यता पाएको छ।
 


प्रतिक्रिया दिनुहोस्