अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्कियो स्पेस एक्सको रकेट

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ५ : ०७


एजेन्सी । स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्किएको छ ।

फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेर आठ मिनेट ३० सेकेण्डमै पृथ्वीमा फर्किएको हो ।

अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको रकेट फाल्कोन बुस्टरको यस वर्ष यो ९औँ प्रक्षेपण र अवतरण हो ।

रकेटको माथिल्लो भागमा रहेको स्टारलिङ्कका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको बताइएको छ


प्रतिक्रिया दिनुहोस्