एजेन्सी । फिफा यू–२० पुरुष विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।
सोमबार बिहान अर्जेन्टिनामा भएको फाइनल खेलामा इटालीलाई १–० गोलले हराउँदै उरुग्वे यू–२० च्याम्पियन बनेको हो ।
उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे । उरुग्वेले पहिलोपटक यू–२० विश्वकपको उपाधि उचालेको हो।
उरुग्वेले पहिलोपटक उपाधि उचाल्दा पहिलोपटक यू–२० विश्वकपको फाइनल प्रवेश गरेको इटाली उपविजेता बनेको छ ।