न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी, अधिकांश कालोपत्रे सडकमा पार्किङ हट्यो

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ०५


काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ ।

कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन् ।

महानगरने केही महिनापछि सो क्षेत्रबाट पार्किङ खाली भएपछि न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउन लागेको हो ।

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धरहरा र काठमाडौं मलको भुमिगत तला खाली भएपछि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्न लागेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्