बेइजिङ । चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५ सय ६१ पुगेको सरकारी तथ्याङ्क छ। उक्त भाइरसका कारण २८ हजार मानिस सङ्क्रमित रहेको चीनले जनाएको छ।
तर, धेरै विज्ञहरूले चीनको उक्त आधिकारिक तथ्यांकमाथि प्रश्न गर्दै आएका छन्। चीनमाथि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या लुकाएको आरोप लाग्दै आएको छ।
यसैबीच, चीनको एउटा बहुराष्ट्रिय कम्पनी टेन्सेन्टले सरकारी तथ्यांकभन्दा ८० गुणा ठुलो रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्ट अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ हजार ५ सय ८९ र १ लाख ५४ हजार मानिस सङ्क्रमित भएको उल्लेख छ।
कम्युनिष्ट पार्टीको सरकार रहेको चीनमा घातक कोरोना संकमणको विनाशलाई दबाई रहेको भन्ने व्यापक अनुमानबीच यस्तो रिपोर्ट आएको हो।
उक्त कम्पनीले फेब्रुअरी १ तारिखमा इपिडेमिक सिचुएसन ट्रयाकर भन्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको थियो। पछि त्यसदिनको सरकारी तथ्याङ्क सार्वजनिक भएपछि यसैदिन उक्त कम्पनीले सरकारी तथ्याङ्क नै अपडेट गरेको ताइवान न्यूजले जनाएको छ।
कतिपयले यो अनुमानलाई ताइवान तथा पश्चिमा शक्तिको चीन विरुद्धको कुप्रचार भनेका छन्। केहिदिन पहिले चीनको विदेशमन्त्रालयले दुःखद घडीमा अमेरिकाले विश्वभर त्रास फैलाईरहेको जनाएको थियो।
यो पनि पढ्नुहोस्
कोरोना भाइरसबाट मर्नेको संख्या लुकाउँदै चीन ! सडकमै भेटिए शव
दुःखको घडीमा अमेरिकाले भाइरसको त्रास फैलायो : चीन