बेइजिङ । कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको सङ्ख्या ५६५ पुगेको छ। विश्वभर २८ हजार मानिस बिरामी परेका छन्।
बिरामीको उपचारका लागि चीनले सम्पूर्ण शक्ति परिचालन गरेको छ। भाइरस सङ्क्रमण विरुद्धको लडाइमा चीनमा सबैभन्दा अग्रपङ्क्तिमा चिकित्सकहरू खटेका छन्।
लाखौ मानिस बिरामी परेपछि चिकित्सकहरू रात दिन नभनी डिउटीमा खटिएका छन्। यसैबीच, बिरामीको उपचारमा खटिएका एक चिकित्सकको मृत्यु भएको छ।
कोरोना भाइरस सङ्क्रमितहरूको उपचारमा संलग्न डाक्टर साङ्ग यिंग्जी गत १० दिन चीनको हुनान प्रान्तको हेङयाङ क्षेत्रमा कार्यरत थिए।
लगातार कामका खटेका उनको हृदयघातका कारण मृत्यु भएको समाचारमा जनाइएको छ। उनको काम सडकमा हिड्ने मान्छेको तापक्रम मापन गर्नु थियो।
२७ बर्षीय डा. यिंगजी जनवरी २५ देखि अत्यधिक जाडो रहेको हेङयाङ क्षेत्रका क्लिनिकहरुमा कार्यरत कार्यरत थिए।
उनको नेतृत्वमा सरकारले डाक्टरहरूको टोली त्यस क्षेत्रमा परिचालन गरेको थियो। उनको टोलीलाई राजमार्गमा चालक र यात्रीहरूको तापक्रम नाप्ने काम दिइएको थियो।
५ डिग्री भन्दा कम तापक्रम रहेको क्षेत्रमा चिकित्सकको टोली खटिएको थियो। मृतक डाक्टरकी बहिनी पनि चिकित्सक छिन्। भाइरसको केन्द्रबिन्दु रहेको वुहानमा उनी बिरामीहरूको उपचारमा व्यस्त छिन्।
भाइको अन्तिम संस्कार नहुँदा आफू दुःखी भएको उनले बताइन्। सरकारले बिहे तथा अन्तिम संस्कार नगर्न मानिसहरूलाई निर्देशन गरको छ। एउटै ठाँउमा धेरै मानिस जम्मा नहुन निर्देश गरिएको छ ।
यो पनी पढ्नुहोस्
भाइरस सङ्क्रमितको उपचारमा खटेका डाक्टर निदाएर ढलेपछि..
कोरोना भाइरसको त्रास बढ्दै, उपचारमा खटिएका डाक्टरकै मृत्यु