महिलाको मुखभित्र उम्रिन थाल्यो रौँ, चिकित्सक समेत चकित

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ७ : ४३


तपाईको शरीरका विभिन्न स्थानमा रौँ हुने गर्दछन्। तर एक युवतीको मुखभित्र रौँ उम्रिन थालेपछि उनी हैरान बनेकी छिन्। जुन दुष्यले चिकित्सक समेत चकित बनेका छन्। 

इटलीकी एक महिलाको मुखमा रौँ उम्रिएपछि उनमा निकै समस्या उत्पन्न भएको थियो। २५ वर्षीया युवतीको मुखभित्र दाँत र गिजाको बीचमा रौँ उम्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दाँत र गिजाको बीचमा रौँ उम्रिनु निकै दुर्लभ घटना भएको बताइएको छ। 

अहिलेसम्म डाक्टरले त्यसको कारण पत्ता लगाउन सकेका छैनन्। तर इटलीका डाक्टरले पोलिसिस्टिक ओभरी सिंड्राम नामक दुलर्भ रोगका कारण यस्तो भएको हुनसक्ने बताएका छन् भने केही डाक्टरले गिंगिवल हर्सुटिज्म रोगका कारण यस्तो समस्या आएको बताएका छन्। अहिलेसम्म यसको कारण पुष्टी हुन सकेको छैन्। 

यसअघि विश्वमै ५ जना पुरुषको मुखमा पनि यस्तो समस्या आएको थियो। ती पुरुषको पनि मुखभित्र दाँत र गिजाको बीचमा रौँ उम्रिएको थियो।   


प्रतिक्रिया दिनुहोस्