भाइरल ज्वरोका बिरामीले गाउँ नै थलियो, ३६५ जना संक्रमित

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ६ : २८


सिमकोट । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन्।

सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन्। मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्यचौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताउनुभयो। 

“स्वास्थ्यचौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर गाउँभरि नै बिरामी थला परेकाले अहिले समस्या भएको छ।” 

गाउँमा रुघाखोकी र भाइरल ज्वरोले आक्रान्त वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार हुन नसके यसले ठूलो रूप लिन सक्ने स्थानीयवासी नुर्बु बुढाले बताउनुभयो। हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ। जिल्लाभरि सयौँ बिरामी परेको स्वास्थ्य सेवा कार्यालयका नर्सिङ इन्चार्ज सरिता बोहोराले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्