अस्पतालका व्यवसायिक सटरमा डोजर चल्यो

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ५ : ५०


बुटवल । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटरमा डोजर लगाएको छ। 

पटक-पटक सूचना जारी गरेर व्यावसायीलाई सटर खाली गर्न आग्रह गर्दापनि हटेरी गरेपछि प्रदेश सरकारले डोजर चलाएको हो। बिहीबार बिहानैदेखि अस्तालका ७३ व्यावसायिक सटरमा डोजर चलाएको छ। 

जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दामाथि अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो।अल्टिमेटम दिदा पनि व्यासायिहरुले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो। 

सरकारले अस्पतालको विकाससँगै प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाउन व्यवसायिक सटर हटाउन लागेको हो। 

सटर नभत्काउन अदालतको आदेश 
अस्पताल प्रशासनले बिहीबार बिहानै सटरहरुमा डोजर चलाएपछि सर्वोच्चले बिहीबार पुनः अर्को अन्तरिम आदेश जारी गर्दै सटर भत्काउने काम रोक्न आदेश दिएको छ। अस्पताल र प्रदेश सरकारविरुद्ध २६ व्यापारीले करार सम्झौता परिपालनाको माग गर्दै मुद्दा दायर गरेका थिए। 


प्रतिक्रिया दिनुहोस्