सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  २ : १०


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।

बुधबार अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।

प्रदेश प्रमुख जोशीबाट प्रदेशको नीति तथा कार्यक्रम बुधबार अपरान्ह ४ बजे प्रस्तुत हुने भएकाले सम्पूर्ण माननीयहरुलाई उपस्थित हुन अनुरोध गरेका छन् ।

सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम ल्याउनमा ढिलाइ गर्दै आज पेश गर्ने तयारी गरेको जनाइएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्