युक्रेनको निप्रो नदीको बाँध भत्किँदा सयौँ बस्ती डुबान, हजारौं नागरिक उद्धारको प्रतीक्षामा

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ५ : ०९


काठमाडौं । दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् ।

बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेका छन् ।

नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको थियो । बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले बताएका छन् ।

उक्त बाँध भत्किएपछि करिब ८० वटा सहर र गाउँ डुबानमा पर्न सक्ने अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्