सन्दीप लामिछाने सोमबार मध्यराति उडे दक्षिण अफ्रिका

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : ५३


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । सन्दीप सोमबार मध्यराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुने छन्।

आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन् । बलात्कार आरोपका कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन् ।

दक्षिण अफ्रीकामा नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपालले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ।

अभ्यास खेलपछि नेपाल जिम्बावे जानेछ । यस्तै प्रशिक्षक मोन्टी देशाई आज भारतको मुम्मबईबाटै दक्षिण अफ्रीका उड्ने छन् ।


प्रतिक्रिया दिनुहोस्