आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ३ : ४०


काठमाडौँ । आज (बिहीबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।          

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ ८८ पैसा छ।        

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १५ पैसा छ।        

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्