टिपरको ठक्करबाट कलंकी अन्डरपासमा दुई युवाको ज्यान गयो

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  २ : ५८


काठमाडौँ । कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी रहेको प्रहरीले जनाएको छ। बुधबार राति कलंकीको अन्डरपासमा नम्बर नखुलेको टिप्परले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो।

ठक्कर दिएपछि भागेको टिपरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्