राष्ट्रियसभा बैठक बस्दै, समसामयिक विषयबारे सम्बोधन गर्दै प्रधानमन्त्री

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ९ : ४९


काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो ११ बजेर ११ मिनेटमा बोलाइएको हो ।

सोमवारको बैठकले शोक प्रस्ताव पारित गरेको थियो । बैठकमा पनि आजबाट बजेटमाथिको छलफल सुरू हुनेछ।

यस्तै राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै गरेको भारत भ्रमणको जानकारी गराउने कार्यसूची राखिएको छ ।

तर, प्रधानमन्त्री खप्तड जाने तयारी रहेकाले राष्ट्रिय सभामा भ्रमणबारे आज जानकारी गराउने या नगराउने यकिन नभइसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्