एजेन्सी । अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १७९ यात्रु घाइते भएका छन्।
दुर्घटना टर्कीको इस्तानबुलस्थित सबीना गोकिन एयरपोर्टमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बुधबार भएको उक्त दुर्घटनामा ३ जनाको ज्यान भएको छ भने १७९ यात्रु घाइते भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै मिडियाले जनाएका छन्।
टर्कीका स्वास्थ्य मन्त्री फरेटिन कोकाका अनुसार दुद्र्दटना भएको विमानमा १८३ यात्रु सवार थिए। दुर्घटनामा ३ जनाको ज्यान भएको छ भने १७९ जना घाइते भएका छन्।
Turkey's health minister confirms 1 dead, 157 injured in plane crash at Istanbul airport. pic.twitter.com/HhREyzecyz
— Banana News 24/7 (@banana_news_247) February 5, 2020
पेगसस एयरलाइन्सको उक्त विमान एजमिरबाट आएको थियो। विमानमा १८३ र चालकदलका ६ सदस्य सवार थिए। अहिलेसम्म घाइते यात्रुका बारेमा थप जानकारी प्राप्त नभएको समाचारमा जनाइएको छ।