प्रतिनिधिसभा बैठक बस्दै, सरकारको वार्षिक बजेटमाथि छलफल हुने

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ९ : ५७


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सरकारको वार्षिक बजेटमाथि छलफल गर्न बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ।

जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्