अब खोप कार्ड र परीक्षण कार्ड देखाउन नपर्ने, मास्कको प्रयोग पनि स्वेच्छिक

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ३ : ५१


काठमाडौं । सरकारले कोभिड-१९ को मापदण्ड परिमार्जन गरेको छ ।

कोरोना सङ्क्रमणदर घट्दै गएपछि मापदण्ड परिमार्जन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर मास्कको प्रयोग अब स्वेच्छिक हुने जनाएको छ ।

यसअघिसम्म सार्वजनिक ठाउँमा मास्कको प्रयोग अनिवार्य गरिएको थियो । यस्तै मन्त्रालयले सङक्रमण दर कम भएपछि यात्रुले कोरोना परीक्षण गरेको र कोरोनाविरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताएको छ ।

अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने पनि सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्