हजयात्रीलाई साउदीस्थित नेपाली कूटनीतिक नियोगद्धारा जेद्दामा स्वागत

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १२ : ४८


काठमाडौं । साउदी अरेबियाको मक्का तथा मदिनामा हजका लागि नेपालबाट जाने पहिलो समूहलाई साउदीस्थित नेपाली कूटनीतिक नियोगले स्वागत गरेको छ ।

मक्का–मदिना जान प्रवेशद्वारझैं रहेको जेद्दा नाकामा साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र जेद्दास्थित कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेलले हजयात्रीलाई स्वागत–सत्कार गरेका हुन् ।

यो वर्ष मक्का तथा मदिनामा हजका लागि १२ सय हजयात्रीको कोटा प्राप्त भएकोमा यो साताभित्रमा सबै यात्री हजमा पुग्ने बताइएको छ ।

मक्का तथा मदिनाको झन्डै डेढ महिना लामो हजयात्रा पूरा गरेर यात्रीहरू नेपाल फर्कनेछन् ।


प्रतिक्रिया दिनुहोस्