काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङमाथि पनि मुद्दा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङमाथि ५० करोड रुपैयाँको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दयार गरेको हो।
उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।
यस्तै, ललिता निवास जग्गा छानविन समितिले भू–माफिया भनेर किटान गरेका डा शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ मागदाबी गरिएको छ।