तापक्रमले नाघ्यो सीमा : तराईमा ४१ र उपत्यकामा ३२ डिग्री सेल्सियससम्म पुग्ने

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ३ : ११


काठमाडौं । देशका अधिकांश भूभागको अधिकतम र न्युनतम तापक्रम बढ्ने सम्भावना रहेको छ ।

केही दिनयता काठमाडौंसहित देशभरको तापक्रम बढ्ने क्रम जारी छ । तापक्रम बढेसँगै गर्मी पनि बढेको छ ।

काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । तराईका जनकपुर, सिमरा र भैरहवामा आज पनि गर्मी उच्च हुनेछ ।

यी क्षेत्रमा आज ४१ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेको छ । पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि अधिकांश स्थानमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । वर्षा नहुँदासम्म गर्मी हुने क्रम पनि बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस्