इमरान खानको पार्टीका अध्यक्ष परवेज पक्राउ

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : १०


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष परवेज इलाही पक्राउ परेका छन् ।

परवेजलाई उनको घर बाहिरबाट पक्राउ गरिएको हो । पाकिस्तान तहरीक–ए–इन्साफका प्रवक्ताले परवेज इलाहीको गिरफ्तारीको पुष्टि गरेका छन् ।

इलाहीलाई चौधरी जहुर इलाही रोडस्थित उनको घरबाटै पक्राउ गरिएको उनले बताएका छन् ।

उनी आतंकवादसँग सम्बन्धित मुद्दामा फरार सूचीमा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्