ए डिभिजन लिगमा आज तीन खेल हुँदै

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १२ : ४७


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।

दिउँसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा साँझ ६ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार आमनेसामने हुनेछन् ।

यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजेदेखि फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्।


प्रतिक्रिया दिनुहोस्