कांग्रेसका केन्द्रीय र सबै जिल्ला पार्टी कार्यालय आज बन्द

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १० : ५४


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयलाई आज बन्द गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले शोक मान्ने भएको हो ।

केन्द्रीय कार्यालयले स्व. पाण्डेप्रति सम्मान प्रकट गर्दै जेठ १६, १७ र १८ गते ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ ।

जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्