सोमाली सेना र अल–शबाबबीच भिडन्त, १७ जना मारिए

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १२ : ५२


एजेन्सी । सोमाली सेना र अल–शबाबबीचको भिडन्तमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

अल–शबाब समूहका लडाकुहरूले मध्य सोमालियाको एउटा सहरको बाहिरी भागमा रहेको सैन्य आधारमा आक्रमण गरेका छन् ।

जसमा कम्तीमा १७ जनाको मृत्यु भएको बताइएको छ । शुक्रबारको आक्रमण मोगादिसुबाट करिब ३०० किलोमिटर उत्तरमा रहेको मासागावामा भएको थियो ।

मासागावाका सैन्य अधिकारी क्याप्टेन अब्दुल्लाही मोहम्मदले आक्रमणको पुष्टि गर्दै १२ अल–शबाब लडाकुको मृत्यु भएको बताए, तर कति सैनिक मारिए भन्ने थाहा नभएको बताए।


प्रतिक्रिया दिनुहोस्