म्यूजिक भिडियोमा व्यस्त रहेकी नायिका वर्षा राउतले एकैपटक दुइटा चलचित्रमा साइन गरेकी छिन्।
‘जात्रै जात्रा’को रिलिज भएपछि लामो समय अरु चलचित्रमा साइन नगरेकी वर्षाले अब कस्तो चलचित्रमा साइन गर्लिन् भन्ने फिल्मी क्षेत्रमा चासो बढेको थियो। झण्डै ८ महिनाको मौनता तोड्दै नयाँ चलचित्रमा अनुबन्ध भएकी हुन्।
वर्षाले अभिनय गर्न लागेको चलचित्र ‘२ नम्बरी’ को छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ। यो चलचित्रमा नायक पल शाहसँग वर्षाले रोमान्स गर्दैछिन्।
त्यस्तै, निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘के घर के डेरा’ पनि साइन गरेकी छिन्। उनी यो चलचित्रमा नायकद्वय दयाहाङ राई र विपिन कार्कीको साथमा देखिदैछिन्।
यससँगै अब अर्को बर्ष वर्षाका दुईवटा चलचित्र रिलिज हुने पक्कापक्की भएको छ। यो बर्ष पनि उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज भएका थिए।