काठमाडौं । नेपाली काँग्रेसले अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमा बहादुर धामी हत्याबारे छानबिन गरि कारवाही गर्न सरकारलाई आग्रह गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष धामीको निधनले दुःखी बनाएको उल्लेख गरेका छन् ।
मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए।
४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।