ललिता निवास जग्गा प्रकरणको मुद्धा चलाउने अख्तियारको निर्णय

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ०३


काठमाडौं । वालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । 

प्रमुख आयुक्त नविन घिमिरेसहित आयुक्तद्वय डा. गणेशराज जोशी र सावित्री थापा गुरुङ सम्मिलित आयोगको बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको हो। 

निर्णयलगत्तै अख्तियारको टोली बुधबार नै मुद्दा दर्ता गर्न विशेष अदालत पुगेको छ। स्रोतका अनुसार तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार पूर्वसचिव तथा पूर्व अख्तियार प्रमुख दीप बस्न्यात, पूर्वसचिवद्वय छविराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गर्ने निर्णय भएको छ। 


प्रतिक्रिया दिनुहोस्