संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ७ : ५७


काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बिहान ८ बजे बैठक बस्न लागेको हो ।

पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् ।

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्