यस्तो छ ४२ अर्ब ५२ करोड कम गरेर ल्याइएको बजेट (पूर्णपाठ)

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १० : ३१


सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि चालु आर्थिक वर्षभन्दा ४२ अर्ब ५२ करोड रुपैयाँ कमको बजेट ल्याएको छ।

चालु आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको सरकारले आगामी वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको हो।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ।

सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोरिनेछ।
हेर्नुहोस् बजेटको पूर्णपाठ:-


प्रतिक्रिया दिनुहोस्