कोरोना भाइरस : हङकङमा १८ सङ्क्रमित, मृत्यु हुनेको संख्या ५०० पुग्यो

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : ५६


हङकङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । 

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गर्नुभएको थियो । 

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा  कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो।

कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ । 
 


प्रतिक्रिया दिनुहोस्