श्रीच्छा प्रधान बनिन् २०२३ की मिस नेपाल

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : ३५


काठमाडौं । सन् २०२३ की मिस नेपाल श्रीच्छा प्रधान बनेकी छिन् ।

शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि जितेकी हुन्।

उनले लिबरल आर्टसरसाइन्समा स्नातक गरेकी छन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्