कोरोना भाइरसबारे सांसदले सुनाए कविता

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : ५२


काठमाडौं । समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाईरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाईरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराउनुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताउनुभयो । उहाँले भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै उहाँले बैठकमै कविता वाचन गरि सरकारलाई व्यंग्य गर्नुभयो ।

“नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि

अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि

तरकारी बजार देखी सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगीसक्यो,

शैसब कालमै सम्मृद्धिलाई कोरोना भाईरसले खाईसक्यो ।

समानता स्वतन्त्र शिकिस्त छन् , लोकतन्त्र पनि थलो ल परिसक्यो

संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,

समावेशीताको पारा झरिसक्यो

आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी

के अपराध भो जन्मनु भई जनजाति र मधेशी

गास,बास ,कपास माग्दा कुरा मात्रै चिला

जनता आवास, भूमि ऐन पनि कहा छ र गतिला ?

हिड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ

सत्ता टिकाउन ,विदेशी डलर पाउन आफै किन बिक्छौ ?

यहाँ सम्म कि सरकार,

यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ  ?

सरकार,

न्याय र समानताको नारा लगाउछौ बेसरी

समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?

ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,

जनता किन भोकै छ् गर्यौ कहिलेही खोज ?

देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,

के पाए युवाले सिवाय तिरस्कार र अपमान

तिमिलाई छुट कसरी ? गर्न वाईड वडी र एनसेल काण्ड

पुखौको पौरख गुमाउदै हसाई पुरै ब्रह्माण्ड ?

प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिसक्यो

के गर्यौ सरकार कुखुराको मुल्यले होलिको मुखैमा पिरोलिसक्यो ।”


प्रतिक्रिया दिनुहोस्