प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडसँग चेल्सी पराजित

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १० : २७


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि शानदार जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–१ ले पराजित गरेको हो ।

युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे ।

चेल्सीका जोओ फ्लेक्सले सान्त्वना गोल फर्काए। यो जितपछि युनाइटेड लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।


प्रतिक्रिया दिनुहोस्