एजेन्सी । सन् २००४ मा हावर्ड विश्वविद्यालयमा अध्ययनरत मार्क जुकरबर्गले खोलेको फेसबुक आजबाट १६ वर्षमा प्रवेश गरेको छ ।
विद्यार्थीहरूलाई डिजिटल रुपमा जोड्नको लागि जुकरबर्गले आफ्ना ४ जना साथीसँग मिलेर 'द फेसबुक' बनाएका थिए । आज फेसबुकले १६ औं वार्षिकोत्सव मनाइरहेको छ।
यस बीचमा फेसबुकमाथि डाटा तथा गोपनीयतासँग सम्बन्धित धेरै आरोप समेत लागे । तर, पनि फेसबुक आज सामाजिक सञ्जाल साइटहरु मध्ये लोकप्रिय बन्न सफल भएको छ ।
फेसबुकसँग अहिले विश्वभरि २ अर्ब ३२ करोडभन्दा धैरै सक्रिय प्रयोगकर्ताहरू छन्।