आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : ४६


काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव कायम छ ।

जसकारण कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

मधेश , गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्