पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको आवासीय क्षेत्रमा इन्टरनेट बन्द

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ४ : ४५


एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

खान बस्ने जमान पार्क क्षेत्रमा इन्टरनेट बन्द गरिएको हो । उनलाई सामाजिक सञ्जाल प्रयोगबाट रोकेर घरभित्रै पक्राउ गरेर राखिएजस्तो गरिएको तहरीक–ए–इन्साफले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई ‘भर्चुअल हाउस अरेस्ट’मा राखिएको आरोप छ ।

केही दिनअघि पक्राउ गरिएका खानलाई अदालतको आदेशमा छाडिएको थियो


प्रतिक्रिया दिनुहोस्