झुण्डीएको अवस्थामा भेटिए ११ बर्षिय बालक

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : १६


काठमाडाैं । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका– २ काे रूममा एक जना बालक झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । बुधबार विहान करिव ८ः३० बजेतिर घरका दुई भाई आँगनमा खेलिरहेको र घरका अन्य सदस्य भान्सामा भएका बेला घरको बाहिर ढोकामाथि राखिएको काठको डन्डीमा पासो लगाई ११ बर्षिय बालक तुफान शाही झुण्डीको अवस्थामा फेला परेका हुन् ।

उनि झुण्डीएको घरका सदस्यले जानकारी पाएपछि वडाध्यक्षलाई जानकारी गराएका थिए । वडाध्यक्षले प्रहरीलाइ खबर गरेसँगै इलाका प्रहरी कार्यालय बेस्तडाका सहायक प्रहरी निरिक्षक मनोज कंडेलसहितको टोली गाउँमा पुग्दा उनि सानो कपडाको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा रहेको सहायक निरिक्षक कंडेले बताउनुभयाे । बालक झुण्डीएर मर्नुको कारण भने थाहा नभएकोले जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ । 


प्रतिक्रिया दिनुहोस्