इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : ४१


काठमाडौं । कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ ।

इन्टर मिलानले बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

इन्टर मिलान यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ । इन्टर मिलानको जितमा दुबै गोल लाउटारो मार्टिनेजले गरे ।

इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि चुमेको हो ।


प्रतिक्रिया दिनुहोस्