काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् । खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ । समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।
हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।
नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अङ्क छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।