एजेन्सी । हङ्कङमा एउटा पानी जहाजमा यात्रा गरिरहेका १८ सय बढि जहाजमै अडिएका छन् ।
उक्त जहाजमा यात्रा गरेका केही यात्रुमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सबै यात्रुको चेकजाँज भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उनीहरूलाई बोर्डमै राखेर जाँच चलिरहेको समाचारमा जनाइएको छ । उक्त पानी जहाजलाई हङ्कङको काइ टकमा राखिएको छ।
यसैबीच, जापानमा योकोहामा स्थित समुद्रमा पनि अर्को पानी जहाजका यात्रु पनि अडकिएका छन्।
करिब ४ हजार मानिस सवार रहेको क्रुजमा १० यात्रुमा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि सबै यात्रु र चालक दलका सदस्यलाई जहाज भित्रै राखिएको छ।
३ सय यात्रुलाई चेकजाँच गर्दा १० जनामा कोरोना सङ्क्रमण भेटिएको हो । अरु यात्रुलाई चेकजाँच गर्दा कोरोना सङ्क्रमितको संख्या बढ्न सक्ने ठानिएको छ।
जहाजमा सवार यात्रुमा कोरोना भाइरस पुष्टि हुने नागरिकमा २ अष्ट्रेलियन, ३ जापानी, एक अमेरिकी र ३ हङकङका नागरिक रहेको बताइएको छ।