आज संघीय संसद्‌को संयुक्त बैठक बस्दै

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  १० : २७


काठमाडौं । संघीय संसदको संयुक्त बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसद्‌को संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बस्नेछ ।

संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्न बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस्